नेता शाहलाई २४ घन्टे स्पष्टीकरण
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश सभामा पार्टीको संसदीय दलका नेता रहेका प्रकाश शाहलाई २४ घन्टे स्पष्टीकरण सोध्नुभएको छ ।
ओलीले शुक्रबार पत्र पठाएर शाहलाई केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन दिएको निर्देशन किन पालना नगरेको स्पष्टीकरण दिन भन्नुभएको हो ।
शाहले आफूसहित अरू ६ जनालाई त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारमा मन्त्री बनाउनुभएको छ ।
एमाले प्रदेश कमिटीले उहाँलाई यसअघि नै पार्टीबाट कारबाही गर्न सिफारिस गरिसकेको छ।
