खाद्यको चामलका लागि भीड

 

कालीकोट । खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कालीकोटमा अनुदानको चामल लिनेको भीड थेग्न नसक्ने गरी बढेको छ ।
नेपाल सरकारले बजेट मार्फत कोरोना कहर अवधिमा सरकारी निकायबाट विक्री गरिने खाद्यवस्तुमा २० प्रतिशत छुट दिने घोषणा भएसँगै सरकारी खाद्या ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कालीकोटले २० प्रतिसत छुटमा खाद्यान्न दिन थालेपछि नागरिकको भीड बढेको हो ।
कालीकोट शाखाले गत आईतवारबाट अनुदानको चामल दिन सुरु गरेको छ । यो अवधि जेठ ३१ गतेसम्म जारी रहने छ । प्रतिबोरा १६ सय ५०रुपियाँमा दिदै आएको स्टिम जिरा मसिनो चामल अनुदानमा १३ सय २०मा दिन थालिएको छ । एक हजार १८७ रुपियाँ ५० पैसामा पाउने अरुवा मोटा चामल ९५० मा दिन थालिएको छ ।
खाद्या ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा कालीकोटका प्रमुख रामशरण लामिछानेले सरकारी अनुदानमा चामल लिनेको भीड निकै वढिरहेको वताउनुभयो । उहाँले यो भीडले कोरोना सङ्क्रमण बढ्ने चिन्ता पनि बढेको सुनाउनुभयो ।
गाउँदेखि चामल लिन मान्ममा भीडभाड हुन थालेपछि संस्थानले चामल दिने समय बिहान ६ वजे देखि नौ वजे सम्म तोकेको छ । तर पनि भीड दिनभरी नै लाग्ने गरेको छ । चामल लिनेको भीडले संस्थानका कर्मचारीले समेत खाना खाने समय नपाएको गुनासो गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *