पोखरीमा डुबेर ५ बालिकाको मृत्यु

maitrinews

 

धनुषा । धनुषाको मुखियापट्टी मुसरनियामा पोखरीमा डुबेर ५ जना बालिकाको मृत्यु भएको छ । बाख्रा चराउन गएका बालिकाहरु पोखरीमा नुहाउने क्रममा डुबेर ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मुखियापट्टी मुसरनिया–६, स्थित हुलास यादवको खेतमा खनिएको नयाँ पोखरीमा डुबेर ५ जना बालिकाको मुत्यु भएको प्रहरीले जनाएको छ ।

पोखरीमा डुबेर पल्टु यादवको १२ वर्षीया छोरी लक्ष्मिनिया यादव, जोगिन्द्र यादवको १० वर्षीया छोरी चन्द्र कुमारी भगत, राजगिर पुर्वेको १३ वर्षीय छोरी मन्जु पुर्वे, जगरनाथ ठाकुरीको १२ वर्षीया नातिनी चाँदनी ठाकुर र उतिम सहनीको १२ वर्षीया छोरी ललिता सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।