सुनको मूल्य आज ताेलामा १,८०० र चाँदी ४५ रुपैयाँले घट्यो

काठमाडौँ, १७ साउन । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। गत शुक्रबारको तुलनामा सुनको मूल्य प्रतितोला रु एक हजार ८०० र चाँदीको मूल्य प्रतितोला रु ४५ ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ८३ हजार २०० तोकिएको छ। यसैगरी, चाँदीको मूल्य प्रतितोला रु चार हजार ३१५ निर्धारण गरिएको छ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार र चाँदी प्रतितोला रु चार हजार ३६० मा कारोबार भएको थियो। त्यसैगरी, गत बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ८४ हजार र चाँदी रु चार हजार ३१० मा खरिदबिक्री भएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *