कुशे पाटनमा ७ जना बेपत्ता, ८०भन्दा बढी चौपाया मरे

maitrinews

 

जाजरकोट । हावाहुरीमा परेर कुशे पाटनमा ७ जना बेपत्ता भएका छन् । भेँडा, बाख्रा, गाईं, भैंसी लगायत पाटन छाड्न गएका कुशे गाउँपालिका ८ र ९ का ७ जना स्थानीय पाटनको जलजलाबाट बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा कुशे ८, औलरिजाका ३५ वर्षीय डिलबहादुर खड्का, २५ वर्षीय विक्रम खड्का, २८ वर्षीय च्रन्द्रा खड्का, १८ वर्षीय भविन्द्र खड्का, १२ वर्षीय मीमबहादुर खड्का, १० वर्षीय धनसरा खड्का र कुशे ९ का ४० वर्षीय कृष्ण रोकाय छन् ।
बेपत्ता भएकाको खोजी गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक शिवकुमार क्षेत्रीसहित ७ जनाको प्रहरी टोली पाटनतर्फ गएको छ ।
हाबाहुरीले कुशे पाटनमा १० भैंसी, २२ गाई र ५५ भेँडाबाख्रा मरेका छन् । भेडा बाख्रा लगायत पशु चौपाय चरीचरण गर्ने कुशे पाटन ४ हजारदेखि ४ हजार ८ सय मीटरको उचाईमा रहेको छ ।