बुढानीलकण्ठमा काँग्रेस पदाधिकारी बैठक

 

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बसेको छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको हो । बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको छ ।

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा राख्ने गरिएको बैठकबारे तीव्र आलोचना भएपछि देउवा निवासमै बैठक बसेको हो । प्रधानमन्त्री देउवालेसमेत पार्टीका कुनै पनि बैठक बालुवाटारमा नगर्ने वचन दिनुभएको छ ।

बैठकले कांग्रेस महाधिवेशनको तालिका फेरबदल गर्ने र क्रियाशील विवादबारे निर्णय गर्दै छ ।