नेविको बिस्कुट कारखानामा आगलागी

maitrinews

 

काठमाडौं। बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुट कारखानामा आगलागी भएको छ । शनिवार बिहान २ बजेदेखि आगलागी भएको हो ।

आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

क्षेत्रफल ठुलो भएकाले चारैतिरबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । आगलागी के कारणले भयो भन्नेबारेमा अनुसन्धान भइरहेको छ ।