नारीलाई कमजोर सम्झिनेमाथि रिभेन्जको प्रहार

काठमाडौं । नेपाली चलचित्र ‘ रिभेन्ज ’ को टिजर सार्वजनिक गरिएको छ । डिएस डिजिटल सिनेमाको ब्यानरमा मोहन गमालको प्रस्तुति रहेको चलचित्र रिभेन्जको टिजर सार्वजनिक भएको हो। जसमा प्रेम र द्धन्द्धलाई मुख्य रुपमा केन्द्रित गरेर निमार्ण गरिएको छ।

अमन कुमार देवको निर्माण र शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको रिभेन्ज मुविको टिजर ओएस आर डिजिटल बाट रिलिज गरिएको हो। नारीलाई कमजोर सम्झिने माथी प्रहार गरिएको रिभेन्ज प्रदर्शनका लागि तयार भएको निमार्ण पक्षले जनाएको छ ।

कृष्ण पाण्डे को छायांकन देव महर्जनको द्वन्द ,राजन महर्जनको नृत्य सानू हबिकको ड्रोन बिस्वास भण्डारी र अन्जली थापाको सम्पादन रहेको छ। चलचित्रमा रोशन बिसि ,रबिन श्री, रेनु थापा, विशाल अग्रवाल , खगेन्द्र घिमिरे ,गगां कुवर, पदम सुनार र अम्बिका खड्का को अभिनय रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *