न्युयोर्कमा डा. ठाकुरको एकल गायन प्रस्तुत

maitrinews

 

न्युयोर्क । सानै उमेरदेखि सांगीतिक क्षेत्रमा लागेर दुईवटा राष्टिय पुरस्कार जितिसक्नुभएका गायक डा.महेशराज ठाकुरले लामो समयपछि आफ्नो एकल गायन प्रस्तुत गर्नुभएको छ ।
यही अगस्त १५ मा न्युयोर्कको ज्याक्सन हाइटस्थित गोर्खा रेष्टुरेन्टमा हिमालय कल्चर एकेडेमी स्कुलको व्यानरमा उहाँको तीन घण्टा लामो एकल गायन प्रस्तुत गरिएको हो ।
पर्सा जिल्लाको वीरगञ्जमा जन्मेका डा.ठाकुर सानै उमेरदेखि गायन क्षेत्रमा लाग्नुभएको हो । भारतबाट शास्त्रीय संगीतमा मानसमेत पाउनुभएका उहाँ प्राध्यापक भएर पनि आफूलाई गायक भन्न रुचाउनुहुन्छ ।
संयुक्त राष्टसंघका लागि नेपाली स्थायी राजदूत अमृतबहादुर राई प्रमुख अतिथि तथा
न्युयोर्कस्थित वाणिज्य महादूतावासका वाणिज्यदूत विष्णुुु गौतमको आतिथ्यमा सो कार्यक्रममा भएको हो । प्रमुख अतिथि राईले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । त्यस अवसरमा नेपालको राष्टिय गान प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गायक डा. ठाकुरले नेपालका पुराना कलाकारहरुको आधुनिक तथा लोकगीतहरु गाउनुका साथै आफ्नै एल्वममा रेकर्डका गीतहरु गाएर दर्शकहरुको मन जित्नुभएको थियो ।
उहाँलाई वरिष्ठ गायिका संगीता मुखिया छोचुले युगल गीतमा साथ दिनुभएको थियो भने संगीततर्फ न्हुच्छेनारायणा डंगोल, अभय ढुंगेल, सुभापदाहार र हेमराज राईले साथ दिनुभयो ।
बरिष्ठ कालाकार तथा लेखक रामराज क्षेत्रीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा दर्शकहरु तथा सहभागीहरुले कार्यक्रम भव्य भएको भन्दै यस्ता कार्यक्रम समय समयमा गर्नुपर्ने बताएका थिए ।