तीन नेताबीच भेटवार्ता, केही दिन सरकार विस्तार नहुने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ दल दर्ताको प्रक्रियामा रहेको नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै पौने एक घण्टा उहाँहरु बीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटका क्रममा मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ । सरकारले अस्ति मङ्गलबार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा एमाले विभाजन भएर नयाँ दल दर्ता प्रक्रिया शुरू भएपछि तीन शीर्ष नेताबीच आज भेटवार्ता भएको हो । नेपालको दल दर्ता प्रक्रिया पूरा भएपछिमात्र सरकार विस्तार हुने भएको छ ।