मिडियाकर्मीकाे पहलमा जग्गा फिर्ता: कर छलेर पास गरिएकाे थियाे भक्तपुर मालपाेतमा जग्गा

भक्तपुर, ३० साउन । मध्यपुर थिमी नगरपालिका वडा नं ७ का विनाेद थापा मगर, उर्मिला थापामगर र सुनिल थापामगरले करिव ६ महिना लगाएर एक टुक्रा जग्गा पास गरे । आफ्नै पुर्खाैली जग्गा पास गर्न उनीहरूले भक्तपुर मालपाेत कार्यालय धेरै पटक धाए ।

केही समय अघि पिडित भनिएकाहरू विनाेद थापा मगर, उर्मिला थापामगर र सुनिल थापामगरलगाएतले भूमी प्रशासन कार्यालय भक्तपुर पुगी आफ्नाे जग्गा किर्ते गरेर अर्कैकाे नाममा पास भएकाे भनी कार्यालय भित्रै लफडा गरेका थिए । साेही समयमा मिडियाकर्मीहरूले उक्त लफडा भएकाे भिडियाे बाहिर ल्याएका थिए ।

भिडियाे बाहिर आएपछि भ्रष्टाचार विराेधी अभियन्ता तथा स्वतन्त्र पत्रकार संघका केन्द्रीय सदस्य प्रेमध्वज लामालगाएत
सञ्चारकर्मीहरूले पिडितलाइ न्याय र दाेशीलाइ कार्बाहीकाे दायरामा ल्याउन भूमी प्रशासन कार्यालयमा बास्तविकता बुझ्ने प्रयास गरे ।

पिडित भनिएकाहरूले जग्गाकाे हालसाविक गर्ने भन्दै विष्णु कार्की, दिपक कँडेललगाएतले कागजात गरी भूमी प्रशासन कार्यालय भक्तपुरमा लगेर जग्गा पास गरेकाे बताएका थिए तर वास्तविकता त्यस्ताे पाइएन । बिष्णु कार्कीकाे नाममा जारी नेपाल बैङ्क लिमिटेड मार्फत रू ९६ लाख रूपैयाँकाे चेक  पिडित भनिएका उर्मिला थापामगरकाे नाममा काटिएकाे र चेक साटेर पनि जग्गा बापतकाे रकम दाजुभाइ मिलेर बाँडफाड गरिसकेकाे पाइएकाे छ । प्लानिङ कर्ता दिपक कँडेलका अनुसार पिडित भनिएका उर्मिला थापामगरलाइ चेक बाहेक १२ लाख रकम बढी दिइएकाे बताएका छन् । उनले जग्गाकाे रकम पाएर पनि याे लफडा गरेका कँडेलकाे भनाइ छ ।

कँडेलले जग्गा फिर्ता गर्न केहि समय ढिलाे भएकाे स्विकार गरेका छन् तर यतिधेरै लफडा गर्नुपर्ने कारण नरहेकाे उनले बताएका छन् । कँडेलले भने मैले चेक बाहेक १२ लाख रकम बढी तिरेकाे छु । मालपाेतमा गएर लफडा गर्न आवश्यक थिएन ।

भूमी प्रशासन कार्यालय भक्तपुरका फाँट अधिकृत डिल्लिराम अधिकारीले नियमाअनुसार नै जग्गा पास भएकाे भनेर प्रस्ट्याएपनि सरकारलाइ तिर्नुपर्ने कर नै छलेर जग्गा पास भएकाे भने नदेखिएकाे बताएका छन् तर जग्गा किनबेचमा माेटाे रकममा बिक्री गरेर भूमी प्रशासन कार्यालय भक्तपुरमा सरकारी मुल्याङ्कन राखेर बिक्री गरेकाे भेटिएकाे हाे ।

जग्गा काराेबारीहरू विष्णु बहादुर कार्की, दिपक कँडेल, मनिष थापा, लाल बहादुर थोकर र लेखापढी व्यवसायी राधिका के.सीलगाएतकाे मिलेमताेमा काराेबारीहरूले आनाकाे १८ लाख रूपैयामा खरिद गरेर सरकारी रेटकाे कम रूपैयाँकाे मात्र कर तिरेका थिए ।

भूमी प्रशासन कार्यालय भक्तपुरका फाँट अधिकृत अधिकारीले सरकारी मूल्य अनुसार कर तिरेकाे बताएपनि मिलेमताेमा भित्रभित्रै कर छलेर मालपाेतमा जग्गा पास भएकाे हाे । थापामगरलेे पहिले मालपाेतमा लफडा गरेका कारण अधिकारीले जग्गा पासकाे प्रकृया एक साता ढिलाे गरेका थिए । याे मात्र हाेइन भक्तपुर मालपाेतमा पास हुने जग्गा प्राय कर छलेर नै पास हुनेगरेकाे छ । जग्गाकाे मुल्याङकण अनुसार कर नतिरी सरकारी मुल्याङ्कन राखेर कर तिर्नुपनि कर छली नै भएकाे जानकारहरू बताउँछन् ।