प्रगतिशील गायक जेबी टुहुरेको निधन

maitrinews

 

काठमाडौँ । प्रख्यात प्रगतिशील गायक जेबी टुहुरेको बिहीबार दिउँसो निधन भएको छ। मंगलबार दिउँसो काठमाडौंको कलंकीस्थित निवासमा लडेपछि उनलाई उपचारका लागि बल्खुस्थित बयोधा अस्पतालमा लगिएको थियो।

उपचारमा संलग्न चिकित्सकहरुले उनलाई ‘स्ट्रोक’ भएको बताएका थिए। ७६ वर्षीय टुहुरेलाई सीसीयु कक्षमा राखेर उपचारका क्रममा निधन भएको हो ।
वि।सं। २०२४ सालदेखि सांगीतिक क्षेत्रमा लागेका टुहुरेले १ सय ५० भन्दा बढी गीत गाएका छन्। ‘आमा दिदीबहिनी हो, कति बस्छौ दासी भई, सुखको सधैँ प्यासी बनेर’ बोलको चर्चित जनवादी गीत उनको सबैभन्दा प्रख्यात गीत हो। जुन गीत उनले वि।सं। २०३४ सालदेखि गाउँदै आएका थिए।

टुहुरेले गाएको अर्को चर्चित गीत ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुँदो छ, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई त स्वर्ग छ’ पनि मानिसहरुको जिब्रोमा झुण्डिएको छ।

टुहुरे सुनसरीको धरान निवासी हुन्। उनको खास नाम जुठबहादुर खड्गी थियो। टुहुरेलाई एकीकृत माओवादीले दोस्रो संविधानसभामा समानुपातिक सभासद पनि बनाएको थियो।