अमेरिकामा ईनास आकस्मिक कोष स्थापना–विपदमा परेका नेपाली कलाकारका लागि राहत

Smrit

काठमाडौं। अमेरिमाका अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) का मेरिल्याण्ड राज्यका अध्यक्ष सृजन ताम्राकारको अगुवाईमा ईनास आकस्मिक कोष स्थापना भएको छ।

विश्वभर छरिएर रहेका नेपाली कलाकारहरुलाई कुनै विपद परेमा ईनास मार्फत सहयोग गर्ने प्रमुख लक्ष्यका साथ ईनास आकस्मिक कोष स्थापना भएको हो।

यसको शुरुवात ईनास मेरिल्याण्ड राज्यका अध्यक्ष ताम्राकारले आफ्नो जन्म दिनको अवसरमा आफैले कोषमा रकम जम्मा गरेर कोषको शुभारम्भ गरेका हुन्।

पूर्ण रुपमा पारदर्शी रुपमा कोष संचालन हुने र सवै नेपाली कलाकारलाई कुनै विपद परेमा सहयोग गर्ने प्रमुख उदेश्य रहेको पनि अध्यक्ष ताम्राकारले भनेका छन्।