यस वर्षको नोबेल साहित्य पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नहलाई

maitrinews

 

काठमाडौँ । यस वर्षको नोबेल साहित्य पुरस्कार उपन्यासकार अब्दुलरजाक गुर्नहलाई प्रदान गरिने भएको छ । बिहीबार स्टकहोममा आयोजित पुरस्कार घोषणा कार्यक्रममा स्विडिस एकेडमीले सन् २०२१ नोबेल साहित्य पुरस्कार गुर्नहलाई दिइने घोषणा गरेको हो ।

तान्जानियाको जन्जिबारमा जन्मिएका गुर्नहले बेलायतमा बसेर अंग्रेजीमा लेख्दै आएका छन् । ‘उपनिवेशवादको प्रभाव तथा संस्कृति र महादेशीय खाडलका बीच शरणार्थीको भाग्यका बारेमा’ निरन्तरको लेखनलाई आधार बनाएर उनलाई साहित्यतर्फको नोबेल पुरस्कार दिइएको एकेडेमीले जनाएको छ ।

सन् १९४८ मा तान्जानियाको जन्जिबार टापूमा जन्मिएका उनी सन् १९६० को दशको अन्त्यतिर शरणार्थीका रूपमा बेलायत प्रवेश गरेका थिए । सन् १९६३ मा बेलायती उपनिवेशबाट मुक्त भएको जन्जिबारमा राष्ट्रपति अबिद कारुमेको शासन कालमा अरबी मूलका नागरिकमाथि शोषण, अत्याचार र नरसंहारसम्मका गतिविधि भएका थिए ।

गुर्नहको परिवार पनि पीडित अल्पसंख्य समुदायमा पर्थ्यो । त्यसैले उनको परिवार पनि मुलुक छाड्न बाध्य भएको थियो । पछि मात्रै गणतान्त्रिक मुलुकका रूपमा तान्जानिया गठन भएको थियो ।

वोल सोयिन्कापछि नोबेल साहित्य पुरस्कार पाउने गुर्नह पहिलो अफ्रिकी मूलका लेखक हुन् । सोयिन्कालाई सन् १९८६ मा नोबेल साहित्य पुरस्कार प्रदान गरिएको थियो ।

गत वर्ष उनको ुआफ्टरलाइभ्स उपन्यास प्रकाशित भएको थियो । २०औं शताब्दीको सुरुवातमा जर्मन शासनका क्रममा पश्चिमी अफ्रिकाको जीवन र भोगाइलाई उनले उपन्यासमा प्रस्तुत गरेका छन् । त्यस्तै उनका ुग्राभेल हार्टु, ुद लास्ट गिफ्टु, ुबाई द सीु, ुमेमोरी अफ डिपार्चरु, ुपिलग्रिम्स वेु लगायतका उपन्यास प्रकाशित छन् । त्यस्तै सन् २००७ मा प्रकाशित उनको उपन्यास ुप्याराडाइजु बुकर पुरस्कारको ुसर्टलिस्टुमा परेको थियो ।

गत वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लिकलाई प्रदान गरिएको थियो । साहित्यमा पहिलो नोबेल पुरस्कार सन् १९०१ मा फ्रान्सेली साहित्यकार सुली प्रुधोमलाई प्रदान गरिएको थियो ।

नोबेल साहित्य पुरस्कारको राशि १ करोड स्विडिस क्रोनर९करिब १३ करोड नेपाली रुपैयाँ० रहेको छ ।

यस वर्षको चिकित्साशास्त्र, भौतिकशास्त्र र रसायनशास्त्रतर्फको नोबेल पुरस्कार घोषणा भइसकेको छ । यस वर्षको शान्तितर्फको नोबल पुरस्कार अक्टोबर ८ र अर्थशास्त्रतर्फको पुरस्कार अक्टोबर १२ मा घोषणा हुनेछ ।