पाँच वर्षमाथिका बालबालिकालाई फाइजर खोप दिन अमेरिकी विज्ञको सिफारिस

maitrinews

 

अमेरिका । अमेरिकी सरकारको एउटा प्यानलले फाइजररबायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने भन्दै त्यसका लागि सिफारिस गरेको छ।अमेरिकाले यसअघि नै फाइजर खोप १२ वर्षभन्दा माथिका बालबालिकालाई दिने निर्णय गरिसकेको छ ।

त्यहाँको खाद्य तथा औषधिसम्बन्धी प्रशासन ९एफडिए० का विज्ञहरूले मङ्गलवार उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको हो।

सेप्टेम्बरमा, खोप निर्माता कम्पनीले परीक्षणबाट उक्त उमेर समूहका बालबालिकाका लागि खोप सुरक्षित रहेको देखाएको जनाएको थियो।

अमेरिकाले उक्त खोप १२ वर्षमाथिकालाई यसअघि नै दिन थालेको हो।

हालैको यो निर्णयले २ करोड २० लाख अमेरिकी बालबालिका लाभान्वित हुनेछन्।

अब उक्त निर्णय कार्यान्वयनमा आउन एफडिए र सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ९सीडीसी० ले थप अनुमति दिनुपर्छ।