प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गरेको छ ।​ स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि यूएनएफसीसीसीको २६ औं सम्मेलन कोप–२६ मा सहभागी हुन उक्त टोली बेलायत प्रस्थान गरेको हो । टोली आज बिहान कतार एयरको उडानबाट लन्डन प्रस्थान गरेको हो। पाँचौँ पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो ।