नुवाकोटकाे नदी किनारमा तीन शव फेला, पाँच जनाको सकुशल उद्धार

नुवाकोट, १० भदौ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नुवाकोटमा तीन जनाको मृत्यु भएको छ भने बाढीमा फसेका अन्य पाँच जनाको सकुशल उद्धार गरिएको छ। त्रिशूली नदीको किनारमा तीनवटा शव भेटिएका हुन्।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख विपिन रेग्मीका अनुसार त्रिशूलीको किनार सिमचउरमा दुईवटा र कोल्पुटारमा एक जनाको शव फेला परेको हो। मृत फेला परेकाहरूको पहिचान भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

यसैगरी, बाढीको जोखिममा फसेका पाँच जनालाई सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरी उपचारका लागि विदुर नगरपालिका–४ स्थित चक्रदेव अस्पताल पुर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *