इन्द्रेणीको अद्वितीय तस्बिर
लन्डन । बेलायतमा एक फोटोग्राफरले इन्द्रेणीको अद्वितीय तस्बिर खिचेका छन्।
दशौँ लाखमा एकू भनिएको पूर्ण आकारको इन्द्रेणीको तस्बिर ड्यानी शेफर्डले डर्बीशायरबाट खिचेका हुन्।
उनले २० मिनेट देखिएको उक्त दृश्यलाई ूदशौँ लाखमा एक रङ्गीचङ्गी खुसीयालीू बताएका छन्।
उनले सामाजिक सञ्जालमा ती तस्बिरहरू हालेपछि निकै प्रशंसा पाएका छन्। यस्तो दृश्य २० मिनेट देखिएको थियो
विगत २० वर्षदेखि राष्ट्रिय निकुञ्जमा तस्बिर खिचिरहेका शेफर्डले सानो थुम्कोको टुप्पोबाट देखिएको उद्भूत दृश्य आफूले पहिलो पटक देखेको बताएका छन्।
मैले निकै तस्बिर खिचेको छु तर जब यो भयो म मिठाई पसलमा पुगेको बालक झैँ रमाएँ, उनले भने।
त्यो इन्द्रेणी अर्कै स्थानबाट देखेका पाउल मुलिन्सले त्यसलाई रमाइलो अचम्म भनेका छन्।
ूमैले देख्ने बित्तिकै तस्बिर खिचेँ,ू उनले भने।
त्यो इन्द्रेणी अर्कै स्थानबाट देखेका पाउल मुलिन्सले त्यसलाई रमाइलो अचम्म भनेका छन्।