अमेरिकामा नेपाली कलाकारलाई राष्ट्रपति अवार्ड

 

न्युयोर्क । नेपाली बरिष्ठ कलाकार कविना महर्जन अमेरिकी राष्ट्रपति लाइफ टाइम एचिभमेन्ट अवार्ड २०२१ बाट सम्मानित हुनुभएको छ । यो सम्मान पाउने उहाँ पहिलो नेपाली महिला हुनुहुन्छ ।
बरिष्ठ कलाकार महर्जन लामो समयदेखि अमेरिकाको न्युजर्सीमा परिवारसहित बस्दै आउनु भएको छ । उहाँले अमेरिकामा हुने विभिन्न कार्यक्रममा नेपाली मौलिक नृत्य प्रस्तुत गर्दै आउनु भएको छ । सो बापत उहाँले महर्जनले थुप्रै पुरस्कार र सम्मान पाउनु भएको छ ।
सानै उमेरदेखि नृत्यमा लाग्नुभएकी महर्जनले नेपालका विभिन्न जात जातिका कला नृत्य, विशेष गरी नेवारी नृत्य, धार्मिक नृत्य, बुद्ध धर्मका चर्या नृत्य, कुमारी नृत्य, मञ्जुश्री नृत्यलगायत धेरै पौराणिक नृत्यहरु सिकी विभिन्न समारोहमा प्रस्तुत गर्दै आउनुभएको छ । उहाँ नृत्यमा अब्बल ठहरिनुभएको छ । उहाँको ललितपुरको खोकनामा जन्म भएको हो । उहाँ न्युयोर्क नेवा गुठीको कार्य समितिका सदस्य पनि हुनुहुन्छ ।

उहाँले थुप्रै नेपाली गीति एल्वममा पनि आफ्नो अभिनय प्रस्तुत गर्नुभएको छ ।
बरिष्ठ कलाकार महर्जनले ५ हजार घन्टाभन्दा बढी समय अमेरिकामा सार्वजनिक जीवनका लागि खर्चिनु भएको भन्दै उहाँको उच्च प्रशंसा गरिएको छ ।