भारतीय सेना प्रमुख चढेको हेलिकोप्टर तमिलनाडुमा दुर्घटना
तामिलनाडु। भारतीय पूर्वसेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय मिडियाहरुका अनुसार अहिलेसम्म चार जनाको शव फेला परेको छ भने ७ जना घाइते भेटिएका छन् ।
उक्त हेलिकोप्टरमा सेनापति रावतसहित उनको परिवार गरी १४ जना सवार थिए ।
भारतीय वायु सेनाले दुर्घटनाग्रस्त हेलिकोप्टरमा जनरल रावत रहेको पुष्टि गरेको छ । दुर्घटनाको कारण खराब मौसम भएको बताइएको छ ।