चीनमा रोबोट्याक्सी सेवा
चीनले रोबोट्याक्सी अर्थात् चालकविनाको ट्याक्सी सेवा सुरु गरेको छ । राजधानी बेइजिङको दक्षिणीपूर्वी भेगमा यस्तो सेवा सुरु गरिएको हो । चीन सरकारले अनुमति दिएपछि एक सयवटा रोबोट्याक्सीले सेवा दिन थालेका छन् ।
अहिले बेइजिङको यिझुआङको ६० वर्ग किलोमिटर क्षेत्रमा सो सेवा उपलब्ध छ।
यो परीक्षण सफल हुँदै गए ठूलो सङ्ख्यामा यस्ता ट्याक्सी सरकारको योजना चलाउने योजना छ। एउटा ट्याक्सीमा दुईजनाले यात्रा गर्ने व्यवस्था गरिएको छ । यस्तो ट्याक्सी सेवा कति सुरक्षित र भरपर्दो हुन्छ परीक्षणको चरणमै छ ।