स्पाइडर म्यानले कमायो एक अर्ब डलर

 

स्पाइडरम्यान : नो वे होम कोभिड महामारी सुरु भएपछि एक अर्ब अमेरिकी डलर कमाउने पहिलो चलचित्र बनेको छ।
यो चलचित्रले चिनियाँहरूले बनाएको कोरियाली युद्धसम्बन्धी चलचित्र द ब्याटल अफ लेक चान्जिङलाई पनि उछिनेको छ।

उक्त चलचित्रले संसारभरि ९० करोड५० लाख अमेरिकी डलर कमाएको थियो।
अन्य कुनै हलिउड चलचित्र कोभिड महामारी सुरु भएयता कमाइका हिसाबले स्पाइडर म्यान नजिक पुुगेका छैनन् । मार्भल सिनेम्याटिक युनिभर्सले निर्माण गरेको उक्त चलचित्रले सप्ताहान्तमा एक अर्ब पाँच करोड डलर आय पुर्‍याएको हो।
सोनी र डिज्नीको सहनिर्माणमा बनेको सो चलचित्रले प्रिमीअर भएको दुई साताभन्दा कम समयमा त्यति पैसा कमाएको हो ।
तर विश्व चलचित्रको सबैभन्दा ठूलो बजार मानिने चीनमा स्पाइडर म्यानः नो वे होम अझै प्रदर्शन हुन थालेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *