न्युयोर्कमा रमझम साँझ

 

न्युयोर्क । नेपाली अमेरिकन कलाकार संघको आह्वानमा नयाँ वर्ष २०२२ को शुभ आगमनका लागि न्युयोर्कमा भव्य कार्यक्रम गरी शुभकामना आदानप्रदान गरिएको छ ।
कार्यक्रममा नेपालबाट आएका बरिष्ठ कालाकारहरु र न्युयोर्कमा रहेका चर्चित गायक गायिका र नृत्यकारहरुले आआफ्नो प्रस्तुति गरेका थिए ।
अवैतनिक महावाणिज्यदूत तथा वरिष्ठ गायक प्रेमराजा महतव्दारा पानसमा वत्ती बाली उद्घाटन गरिएको कार्यक्रमको सुरुमा नेपाली र अमेरिकी राष्ट्रिय गान प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा गीत प्रस्तुत गर्ने कलाकारहरुमा रविन शर्मा, प्रकाश सपुत, किरण गजमेर, भगवान भण्डारी, शान्ति भण्डारी, रेशमा सुनुवार, उदय भट्टराई, मनुु लिम्बू, विमल डाँगी, निशा सुनार, मधुर गिरी र संगीता थापामगर हुनुहुन्थ्यो ।
त्यसैगरी गरिमा ज्ञवाली, गीता राई, शंकर बीसी, नेपाली चलचित्रका बरिष्ठ कलाकार दीपाश्री निरौलाले भव्य नृत्य प्रस्तुत गर्नुभएको थियो ।
नेपाली अमेरिकन कलाकार संघका अध्यक्ष निशा सुनारको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष वसन्ती राईले स्वागत भाषण गर्नुभएको थियो ।
कार्यक्रममा दुई जना कलाकार सपनाश्री र जगदीश समाललाई लाइभ टाइम्स एचिभमेन्ट अवार्ड र अन्य विभिन्न व्यक्तित्वलाई मायाको चिनो प्रदान गरिएको थियो ।
विभिन्न संघ संस्थाबाट आएका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरेको सो कार्यक्रमको सञ्चालन सञ्चारकर्मी विक्की पुलामीले गर्नुभएको थियो ।