वैष्णोदेवी मन्दिरमा भागदौड स् १२ जनाको मृत्यु, २० घाइते
जम्मु । भारतको जम्मूकश्मीरको वैष्णोदेवी मन्दिर परिसरमा भागदौड मच्चिँदा १२ जनाको मृत्यु भएको छ । त्यस्तै घटनामा २० भन्दा बढी घाइते भएको बताइएको छ ।
भारतीय समाचार संस्था एएनआईका अनुसार त्रिकुटा पहाडमा रहेको मन्दिरको गर्भगृहमा अत्यधिक भीडका कारण भागदौड मच्चिएको थियो ।
शनिबार बिहान पौने तीन बजेतिर एउटा विवादका कारण एक(अर्कामा धक्कामुक्का भएपछि भागदौड मच्चिएको जम्मूकश्मीरका डीजीपी दिलबाग सिंहले जानकारी दिनुभयो । मृत्यु हुनेहरूमा दिल्ली, हरियाणा, पन्जाब र जम्मू(कश्मीरका मानिस रहेको छन् ।
जम्मूकश्मीरका उपराज्यपाल मनोज सिन्हाले घटनाप्रति दुस्ख व्यक्त गर्दै छानबिनका लागि समिति गठन गरिएको बताउनुभयो । त्यस्तै उहाँले मृतकका परिवारलाई सहयोगस्वरूप १०र१० लाख र घाइतेलाई उपचारका लागि २ लाख उपलब्ध गराइने बताउनुभयो ।