प्योङ्याङले गर्यो समुद्रमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण
प्योङ्याङ। उत्तर कोरियाले समुद्रमा बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाको रक्षामन्त्रीले बताएका छन्।
दक्षिण कोरिया सरकारले पुष्टि गर्नुअघि प्रक्षेपणबारे जापानी तटरक्षक निकायले समुद्रमा पहिलो पटक जानकारी दिएको थियो।
संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ।
प्रहार गरिएको वस्तु बलिस्टिक क्षेप्यास्त्र भए नभएको यसअघि स्पष्ट थिएन।
ूदक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायले थप विवरणहरूको विश्लेषण गरिरहेका छन्,ू दक्षिण कोरियाको जोइन्ट चीफ अफ स्टाफ ९जेसीएस०ले भनेको छ।
समाचारसंस्था रोएटर्सले उल्लेख गरेअनुसार जापानका रक्षामन्त्री नोबुओ किशीले सम्भावित बलिस्टिक क्षेप्यास्त्र करिब ५०० किलोमिटर उडेको बताएका छन्।
उत्तर कोरियाका सर्वोच्च नेता किम जङ(अनले कोरियाली प्रायःद्वीपमा बढ्दो अस्थिर सैन्य वातावरणबीच प्योङ्याङको प्रतिरक्षा क्षमतालाई सुदृढ गर्ने क्रम जारी राख्ने बताएको केही दिनपछि यो घटना भएको हो।