हिउँमा रमाउन गएका २२ जनाको मृत्यु

 

पाकिस्तान । उत्तरी पाकिस्तानको पञ्जाब प्रान्तमा ठूलो हिमपात हुँदा सवारीसाधनभित्र फसेका परेका कम्तीमा २२ जनाको मृत्यु भएको छ।

मरीमा हिमपात हेर्न निस्किएका पर्यटकहरू चढेका झन्डै १,००० वटा सवारीसाधन पहाडी भेगमा अलपत्र परेका हुन्।

स्थानीय आकस्मिक उद्धार सेवा ११२२ का अनुसार मृत्यु हुनेमा १० पुरुष, दुई महिला र १० बालबालिका भएको बीबीसी उर्दूले जनाएको छ।

हिउँमा फसेर ज्यान गुमाउनेमा एक प्रहरी, उनकी श्रीमती र उक्त दम्पतीका छ सन्तान छन् भने अर्को एक परिवारका पनि पाँच जनाले ज्यान गुमाएका छन्।

सेनाले सडक खुलाउने र फसेका मानिसको उद्धार गर्ने प्रयास जारी राखेको छ।

गृहमन्त्री शेख रसिदका अनुसार राजधानी इस्लामाबादबाट उत्तरमा रहेको त्यस क्षेत्रमा यात्रा गर्नेहरूको सङ्ख्या उच्च भएकाले सङ्कट सिर्जना भएको हो।

मरी नगरमा केही दिनयता एक लाख वटाभन्दा बढी गाडी पुगेका थिए। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त्यहाँ हिउँ खेल्दै रमाएको देखिने तस्बिरहरू प्रेषित गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *