न्युयोर्कमा आगलागी, ९ बालबालिकासहित १९ को मृत्यु
न्युयोर्क । अमेरिकाको न्यू योर्कस्थित एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा ९ बालबालिकासहित कम्तीमा १९ जनाको ज्यान गएको छ।
न्यू योर्कका मेयर एरिक यडम्सका अनुसार अन्य ३२ जनालाई उपचारका लागि अस्पताल पठाइएको छ र उनीहरूको अवस्था जटिल रहेको छ।
मेयरले उक्त घटना सहरका लागि भयानक र पीडादायी क्षण भएको पनि बताए।
डेमोक्र्याट सिनेटर चक शुमरले पनि संघीय तहमा जे गर्न आवश्यक छ त्यो गरिने प्रतिबद्धता जनाएका छन्। अहिलेसम्म आगो निभाइसकिएको छ।
अग्नि विभागका आयुक्त डेनियल निग्रोले १९ तले भवनको प्रत्येक तलामा पीडितहरू भेटिएको बताएका छन्।
उनले उक्त आगलागीलाई पहिला कहिल्यै नभएको पनि भनेका छन्।
उनले एनबीसी न्यूजसँग बोल्दै मृत्यु हुनेको सङ्ख्या न्यू योर्कमा ३० वर्षयताकै खराब भनेका छन्।
आयुक्तले आगलागीबारे सूचना पाएको तीन मिनेटमै घटनास्थल पुगेको बताए।