१८ करोड वर्ष पुरानो समुद्री ड्रायगनको ३० फिट लामो कंकाल भेटियो

 

बेलायत ।१८ करोड वर्ष पुरानो समुद्री ड्रायगनको ३० फिट लामो कंकाल फेला परेको छ । बेलायती वैज्ञानिकहरुले प्रागैतिहासिक कालको समुद्री ड्रायगनको कंकाल फेला पारेका हुन् ।

समुद्री ड्रायगन हेर्दा कुनै समयको डल्फिन माछा जस्तै देखिन्थो । तर यो करोडौं वर्ष पहिला पाइन्थ्यो भने अहिले वैज्ञानिकहरुले त्यसको कंकाल फेला पारेका हुन् । वैज्ञानिकहरुकाअनुसार बेलायतमा यो भन्दा ठूलो जिवांश कहिल्यै फेला परेको थिएन । हेर्दा डल्फिन जस्तै देखिने यसको लम्बाइ करिब ३० फिट रहेको छ ।

बेलायतको द मिरर सञ्चारमाध्यमकाअनुसार यो सरीसृपमा भेटिएको कंकाल करिब १० मिटर लामो छ । यसको टाउकोको तौल करिब एक टन छ । यती ठूलो आकारको जिवांश बेलायतमा पहिलो पटक भेटिएको हो ।

यस जिवांशको खोजी सबैभन्दा पहिला सन् २०२१ मा लेस्टरशायरमा बस्ने जोए डेविसले र रटल्यान्ड वाइल्ड लाइफ ट्रस्टले एक रुटिन कार्यक्रममा रटल्यान्ड वाटरको लगुन आइसल्यान्डमा गरेका थिए । यसअघि १९ औं शताब्दीको प्रारम्भमा मेरी एनिङले पहिलो पुर्खाका समुद्री ड्रायगनको पहिलो जिवांश पत्ता लगाएका थिए ।

यस प्रजातिबारे अध्ययन गरेका जीवांश विद् डाक्टर डीन लोमेक्सले भनेका छन् ‘पहिले पनि धेरै जिवांश भेटिएका छन् तर, यो सबैभन्दा ठुलो हो ।’

बेलायती जिवांश इतिहासमा यो सबैभन्दा ठूलो अनुसन्धान हो । समुद्री ड्रायगन सबैभन्दा पहिला २५ करोड वर्ष अगाडी देखिएको थियो । तर यो ९ करोड वर्ष पहिला लोभ भएको समाचारमा उल्लेख छ । यसको लम्बाई २५ मिटरसम्म हुने गरेको र हेर्दा डल्फिन जस्तै देखिने गरेको बताइएको छ ।