अमेरिकाले थप सेना युरोप पठाउने
अमेरिका । युक्रेनमा रुसी आक्रमणको निरन्तरको चिन्तामाझ अमेरिकी राष्ट्रपति जो बाइडनले यसै साता युरोपमा थप सेना पठाउने पेन्टागनले जनाएको छ।
करिब दुई हजार सैनिकहरूलाई पोल्याण्ड र जर्मनी पठाइनेछ भने हाल जर्मनीमा रहेका एक हजार सैनिकहरू रोमानियामा खट्नेछन्।
उक्त अमेरिकी निर्णयलाई रुसले विनाशकारी कदम भनेको छ।
मस्कोले युक्रेनमाथि हमला गर्ने आफ्नो योजना नभएको जनाएको छ तर उसले युक्रेनी सीमा नजिकै करिब एक लाख हतियारधारी सैनिकहरू तैनाथ गरेको छ।