मालिक कि नोकर ?

 

शिवराज कलौनी
भि न पा ३ कन्चनपुर,

 

बस्ति बस्तिमा जब मालिकका दासहरुको गस्ति हुन्छ
हिजोसम्म गरेको काम बिग्रेर अस्ति हुन्छ
स्वार्थ का पनडुब्बिमा पसेका ति गोताखोरहरुलाइ
पिसाबको न्यानोले केहिदिन त खुब मस्ति हुन्छ

मालिकको मुर्ति होस् वा सालिक
शालिन जिन्दगि जवानिभर बन्धगि नेताकै चरणमा
शिर झुकाएर हिड्दै अनि हाँस्न मन नलागेर पनि हास्नु पर्दा
रक्सि र मासुले जवानिको रगतको तागत छन्जेल
चाकरि गुणगान स्तुति गर्दै चाटुकारितामा मस्त रहँदा
बस्ति बस्तिमा हस्ति निर्माण गर्नुपर्ने नेतृत्व ले
नोकर चाकर सरह अनुयायी र समर्थक मात्र पैदा हुँदा
घृणाको बादल अनि निराशाका लाचार छाया
तब हुन्छ मालिक र नोकर को रहेछ भन्ने जागरण

अर्कोलाइ समर्थन गर्दा
आफ्नो लागि पनि बोलिदिने आस जिवित राख्दा
चम्चे,झोले,झम्टे र भक्तहरुको स्वाभाविक छटपटि मालिक बचाउने र आफु ढुक्क हुने हुन्छ
प्रश्न उब्जिन्छ ( मालिक लाइ कसले बचाउने ?
मालिकलाइ न भक्तले बचाउनु पर्छ न त भगवान ले
किनभने मालिक स्वयं मालिक हो
मालिकका काम स्वयं मालिकतुल्य हुन्छन्

मालिक विभेद कहिल्यै गर्दैन
न कसैको पक्षमा बोल्छ न त विपक्षमा
मालिक त पन्ना,मोति,पुखराज मणि भन्दा महँगो हुन्छ
न आफ्नो का लागि ढल्छ
न अर्को का लागि आगो झैं पोल्छ
असलि मालिक नै पछि सालिक बन्छ
जो फिल्म को हिरो झै बनाउछ आफ्नो शान
सुनेर कुरा

असल नेतृत्वले समाजमा सयौं नयाँ लिडर दिन्छ
सयौं लिडरबाट सयौं असल मान्छे निस्किन्छन्
असल व्यक्तिको जमातबाट असल समाज बन्छ
तब त्यहाँ सबै मालिक बन्दछन्
खुसि भइ पुनस्असल नेता चयन गर्दछन्
जहाँ विधिको शासन हुन्छ
जनता सर्वशक्तिमान हुन्छन्

पढे लेखेर पनि लिलाम गर्दै आफ्नो अमुल्य जिवन
स्वतन्त्रता को घाँटि रेट्दै पछुताउदै
स्वाभिमान बेचेर मरेझै बाँचिरहेका चाटुकारहरु
मनमा आत्मग्लानि को सुनामि आएपनि
बिचारको बाँध टुटाएर आफ्ना
मालिकमै समाहित भैसकेका हुँदा
नेताकै पाउ मल्दै थाक्दै
पुनस् मल्दै थाक्दै पानि पिउछन्

प्रसंसा मानिसको नभएर कामको नै हो
यद्यपि सुल्झाउने श्रेय नेतृत्व कर्ताको नै हुन्छ
तर प्रसंसा नहुनुपर्ने ठाउँमा पनि बचावट गर्ने छिछौरे
हुक्के,चम्चे को समय दिन ,महिना गर्दै बर्षौ निस्किन्छ
चेत पलाउदैन न विद्या,न बुद्धि न चातुर्य
दिएको खायो,अह्राएको गर्यो ,सुत्यो ,बिँउझ्यो
दिनचर्या को शक्ति सबै भक्तिमा स्वाहा
जुन दिन मालिक रहन्न र यौवन सकिन्छ
छोराछोरी र परिवारको निन्याउरो मुख हेर्छ
कुकुरलाइ हाड राखेर झुलाउदै
बल्छिमा रोपेको चारोसँगै परेको माछा हुत्तिएर
सास फेर्न जब जमिनमा आँउछ
तब उ अन्तिम सास लडिरहेको हुन्छ

त्यसैले नयाँ अभ्यास गर्दा के नै बिग्रिन्छ र ?
अरुलाई नेता मान्नैपर्ने त्यस्तो के छ र
तपाईं स्वयं नेता बन्दा के बिग्रिन्छ ?
प्रश्न यहि हो नेता बन्ने या अनुयायी
स्वयं तपाईं मालिक बन्ने वा दास
तपाईं नेता बन्ने वा नेता मान्ने ?
मालिक बन्ने वा नोकर बन्ने ?