पाँच मिनेटमै स्थगित भयो संसद बैठक

maitrinews

 

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दीलेन्द्रप्रसाद बडूले बैठकमा ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८’ पेश गर्नुभएको हो ।

कानुन मन्त्री बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएसँगै संसद बैठक स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक फागुन २२ गते दिउँसो १ बजे बस्ने गरी स्थगित गर्नुभएको हो । बैठक ५ मिनेट बसेर स्थगित भएको हो ।

गत आइतबार बसेको बैठकबाट अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौता अनुमोदन भएपछि आज पहिलो संसद बैठक बसेको हो ।