युक्रेनबाट १० लाख मानिस बाहिरिए

 

मस्को । युद्ध लम्बिदै गर्दा युक्रेनबाट १० लाख मानिस बाहिरिएका छन् । रुसले युक्रेनमाथि गरेको पूर्ण स्तरको अतिक्रमण गरेको सात दिन पूरा भएको छ। आज रुसी आक्रमणको आठौँ दिन हो।
रुसी सैनिकहरू अगाडि बढिरहँदा युक्रेनी नागरिकहरूले सशक्त प्रतिरोध गरिरहेका छन्।

दक्षिणी सहर एनर्होदारका बासिन्दाहरू रुसी सेनालाई धपाउने प्रयासमा स्थानीय ऊर्जा केन्द्रअगाडि लागिपरेको देखिन्छ।

“हामी युरोपकै सबैभन्दा ठूलो ऊर्जा केन्द्रमा उनीहरूलाई छिर्न दिँदैनौँ,” नदेखिने एक क्यामरापर्सन बोलेको सुनिन्छ।

जापरीजाया क्षेत्रमा रुसी सैनिकहरू पछाडि हटिरहेको ड्रोन फुटेजमा देखिन्छ।

भिडिओ पोस्ट गरेको खाताले रुसी सैनिकहरूलाई “फर्किन बाध्य पारिएको” लेखिएको छ।