युक्रेनमा एक अमेरिकी पत्रकारको मृत्यु

 

काठमाडौं । युक्रेनमा जारी युद्धमा परी एक अमेरिकी पत्रकार ब्रेन्ट रिनाउडको मृत्यु भएको छ ।

युक्रेनको किभ नजिक इरपिन शहरमा रहेका रिनाउडको रुसी सेनाको गोली लागि मृत्यु भएको हो । घटनामा २ जना अन्य पत्रकारहरु पनि घाइते भएको बताईएको छ ।

५० बर्षका रिनाउड अमेरिकाका न्युयोर्क टाइम्समा आवद्ध चर्चित पत्रकारका साथै फिल्ममेकर समेत हुन् । रुस युक्रेन युद्धमा मृत्यु हुने उनी पहिलो विदेशी पत्रकार हुन् ।

यसअघि उनले द्धन्द्धग्रस्त मुलुकहरु अफगानिस्तान, हेइटी र इराकमा रहेर पनि काम गरिसकेका थिए ।