उत्तर कोरिया क्षेप्यास्त्रस् प्रतिबन्धित अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण
उत्तर कोरिया । उत्तर कोरियाले एउटा प्रतिबन्धित अन्तरमहादेशीय क्षेप्यास्त्र आईसीबीएमको परीक्षण गरेको दक्षिण कोरिया तथा जापानले जनाएका छन्।
सन् २०१७ यता पहिलो पटक उसले आईसीबीएमको परीक्षण गरेको हो।
जापानी अधिकारीहरूका अनुसार उक्त क्षेप्यास्त्र अनुमानित १,१०० किलोमिटर टाढासम्म उडेको थियो।
एक घण्टाभन्दा बढी समय उडेको उक्त क्षेप्यास्त्र जापानी जलक्षेत्रमा खसेको थियो।
त्यस्तो प्रकारको क्षेप्यास्त्रले हजारौँ किलोमिटरको यात्रा गर्न सक्छ जस्को अर्थ हो सैद्धान्तिक रूपमा त्यो क्षेप्यास्त्र अमेरिकासम्म पुग्न सक्छ।
