न्युयोर्कमा पाँचौँ विश्व नेवाः दिवस मनाइयो
न्युयोर्कमा पाँचौँ विश्व नेवाः दिवस मनाइयो
न्युयोर्क । मार्च २६ का दिन मनाइने विश्व नेवाः दिवस पाँचौँ न्युयोर्क नेवाः गुठीले वनभोजको आयोजना गरी भब्य रुपमा मनाइएको छ ।
न्युयोर्कको क्वीन्स पार्कमा आयोजित उक्त कार्यक्रममा नेवारी खानाका परिकार तथा नेवारी भेषभूषामा सजिएका महिला पुरुषको लोभ लाग्दो सजिसजाउमा परम्परागत धिमे बाजाका साथ सामूहिक नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रमलाई गुठीका उपाध्यक्ष राजन कर्माचार्यले स्वागत गर्नु भएको थियो । नेवाः दिवसबारे विभिन्न व्यक्तित्वहरुले आआफ्नो मन्तव्य राख्नुभएको थियो । मन्तव्य राख्नेहरुमा गुठीका संस्थापक अध्यक्ष आदित्य महर्जन, भूपू अध्यक्ष समीर महर्जन, भूपू अध्यक्ष निर्मल प्रधानलगायत नेवा नखका अध्यक्ष महेन्द्र बज्राचार्य, नेवा नखका उपाध्यक्ष डा. नरेश शाक्य र नखका तुल्सी चित्रकार हुनुहुन्थ्यो ।
कार्यक्रममा गुठीलाई विशेष सहयोग गर्ने सदस्यहरुलाई गुठीका संस्थापक बीके नेवा र संस्थापक अध्यक्ष आदित्य महर्जनले संयुक्त रुपमा प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
प्रशंसापत्र पाउनेहरुमा कृष्णमाया महर्जन, सुब्बु महर्जन, नीता महर्जन, पूर्ण महर्जन, स्वनिरा महर्जन, सुष्मा मानन्धर, अनिता नकर्मी, कृष्ण प्रधान, रिना श्रेष्ठ, निसा श्रेष्ठ र कृष्ण महर्जन हुनुहुन्छ ।
कार्यक्रमको अन्त्यमा गुठीका अध्यक्ष विजयमान सिंहले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन गुठीका सचिव सन्तोष महर्जनले गर्नुभएको थियो ।