ओस्करमा उत्कृष्ट फिल्म कोडा
काठमाडौँ । विश्व प्रसिद्ध फिल्म अवार्ड ओस्करको ९४औं संस्करणमा सर्वोत्कृष्ट निर्देशकको उपाधि जेन क्याम्पियनले उचालेकी छन् । द पावर अफ दि डगुका लागि उनले यो उपाधि पाएकी हुन् ।
यसअघि पियानोुबाट निर्देशनमा मनोनयनमा परेकी उनले क्लोइ चाउ ९२०२१० र क्याथ्रिन बिगलो ९२०१०० पछि अस्कर जित्ने तेस्रो महिलाको इतिहास रचेकी हुन् । उनी निर्देशित फिल्म पावर अफ दि डगु सबैभन्दा धेरै विधामा मनोनयनमा पर्न सफल भएको छ ।
साथै उत्कृष्ट फिल्मको उपाधि कोडाले जितेको छ । सियान हेडर निर्देशित फिल्मले डिफु परिवारमा जन्मिएकी महिलाको सांगीतिक यात्राबारे कथा भनेको छ ।
यससँगै सबैभन्दा धेरै विधामा मनोनयनमा पर्ने पहिलो महिला निर्देशक पनि जेन नै हुन् । पावर अफ दि डग सँगै ओस्कर दुईपटक मनोनयनमा पर्ने महिला निर्देशकको रेकर्ड पनि जेनले तोडेकी छन् ।
यससँगै उत्कृष्ट अभिनेत्रीको उपाधि जेसिका चास्टेनले जितेकी छन् । उनले द आइज अफ टेमिफेईका लागि जितेकी हुन् ।