युक्रेनका केही क्षेत्रमा आक्रमण कटौती गर्ने रुसी घोषणा
किभ । टर्कीमा भएको शान्तिवार्तापछि रुसले उत्तरी युक्रेनको किभ र चेर्नीहिभ क्षेत्रहरूमा आफ्नो सैनिक गतिविधिलाई ठूलो मात्रामा कटौती गर्ने बताएको छ।
रुसका उपरक्षामन्त्रीले आपसी विश्वास बढाउनका लागि त्यस्तो कदम चाल्न लागिएको बताएका छन्।
यसलाई रुस र युक्रेनबीचको शान्तिवार्तामा २४ फेब्रुअरीदेखि आरम्भ भएको युक्रेनविरुद्धको रुसी अतिक्रमण यता देखिएको प्रगतिको पहिलो सङ्केतका रूपमा लिइएको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्तिवार्ताको प्रारम्भिक सङ्केत सकारात्मक देखिएको बताएका छन् तर त्यस्तो बैठकबाट प्राप्त हुने ठोस नतिजालाई मात्र किभले विश्वास गर्नेमा जोड दिएका छन्।
युक्रेन मामिलामा तटस्थताको कारण दबाव झेल्दै भारत
पुटिनले विश्वको स्वरूप नै फेरिदिए तर त्यो उनले चाहे जसरी भएन
पश्चिमा नेताहरूले पनि रुसको प्रतिबद्धताहरूमाथि शङ्का व्यक्त गरेका छन्।
संयुक्त राज्य अमेरिकाले उ मस्को गम्भीर छ भन्ने कुरामा अझै विश्वस्त हुन बाँकी नै रहेको बताएको छ भने ब्रिटेनले रुसलाई उसको बोलीको आधारमा नभई कामको आधारमा मूल्याङ्कन गरिने बताएको छ।