युक्रेनको राजधानी किभबाट रुसी सेना फिर्ता
किभ । अमेरिकी रक्षा अधिकारीहरूले किभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ताको प्रक्रिया पूरा भएको बताएका छन्।
रुसी फौजहरू किभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको छ र उनीहरू बेलारुस र रुसको क्षेत्रमा जम्मा भएका छन्, पेन्टागनका एक अधिकारीले भने।
हामीले किएभ र चेर्निहिभ वरपर रुसी फौजहरू देखेका छैनौँ, पेन्टागनका प्रवक्ता जोन किर्बीले भने।
उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो रणनीतिक लक्ष्यको शून्य उपलब्धि हासिल गरेको दाबी गरेका छन्।
उनले थोरै जनसङ्ख्या भएका केन्द्रहरू मात्र नियन्त्रणमा लिएका छन्,ू उनले भने। उनीहरूले खार्किभ पनि लिन सकेका छैनन्।
रुसले आफ्नो शक्ति पूर्वी युक्रेनको डोन्बास केन्द्रित गर्ने घोषणा गरेको केही दिनमै किभ र चेर्निहिभबाट फौज फिर्ता भएका हुन्।
पेन्टागनका एक उच्च अधिकारीले नाम नखुलाउने सर्तमा रुसी फौजहरू भविष्यमा किभतर्फ फर्कन सक्ने बताएका छन्।
तर अहिले फिर्ता गरिएको फौज नै फर्कने वा अर्को फौज पठाउनेबारे अझै स्पष्ट नरहेको ती अधिकारीले बताए।
इन्स्टिच्युट फर स्टडी अफ वारले किएभबाट फर्किएको रुसी सेनाले ूकेही समयसम्म पुनः सैन्य प्रभावकारिता हासिल गर्ने सम्भावना कमू रहेको बताएको छ।
ती अधिकारीका अनुसार रुसले युक्रेन युद्धमा पठाएका १८० सैन्य बटालियन मध्ये ८० बटालियन अझै युक्रेनमै छन्।
समाचार एजेन्सी एपीले अमेरिकी रक्षा अधिकारीलाई उद्धृत गर्दै युक्रेनबाट कम्तीमा २४,००० रुसी फौज फिर्ता भएको जनाएको छ।
पूर्वी युक्रेनमा लडाइँ चर्कँदै
बीबीसी संवाददाता जोनाथन बीएलका अनुसार पूर्वी युक्रेनमा रुसी सैन्य कारबाही थप चर्किएको छ।
रुस र उसका समर्थकहरूले युक्रेनका पुराना औद्योगिक नगरहरू लुहान्सकको ९० प्रतिशत र डोनेट्स्कको आधा क्षेत्र आफ्नो नियन्त्रणमा लिएका छन्।