निर्वाचन आचारसंहितामा एमालेको ६ बुँदे असहमति

maitrinews

 

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले निर्वाचन आचारसंहितामा निर्वाचन आयोगले संविधान र कानुनसँग बाझिएका विषय राखेको भन्दै लिखित रूपमा असहमति राखेको छ ।
एमाले महासचिव शंकर पोखरेलले निर्वाचन आयोगले बैशाख ३० गते का लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचनका लागि जारी आचारसंहितामा संविधान र कानुनसँग बाझिए बाहेकका विषय मात्रै मान्ने भन्दै पत्र बुझाउनुभएको छ ।
एमाले महासचिव पोखरेलले बिहीबार आयोगलाई बुझाएको पत्रमा भनिएको छ, ुएमाले नेपालको संविधान तथा संसदद्वारा पारित गरिएका कानुनहरूप्रति सदैव प्रतिबद्ध छ । यस आयोगले तयार पारेको आचारसंहितासहित संविधान र कानुनसँग बाझिएको बाहेक कुनै पनि निकायद्वारा जारी गरिएका वा जारी हुने संहिताहरूको पालन गर्नरगराउन समेत हाम्रो पार्टी प्रतिबद्ध छ ।ु

निर्वाचन आयोगले चैत ३ गते राजपत्रमा प्रकाशीत गरी सार्वजनिक गरेको आचारसंहिताका विभिन्न व्यवस्थामा एमालेले असहमति जनाएको छ । कतिपय व्यवस्था संविधान र कानुन विपरीत रहेकोमा एमालेले आपत्ति जनाएको छ ।