सेतो मच्छिन्द्रनाथको रथयात्रा

 

काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्राको सुरु भएको छ। सेतो मच्छिन्द्रनाथको रथयात्रा प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गको तीनधारा पाठशालाबाट सुरु हुन्छ।

रथयात्रा अगाडि काठमाडौं इन्द्रचोकमा रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर दरबारमार्गमा पुर्याइएको थियो। यसरी लगिएको मूर्तिलाई खटमा राखेर रथयात्रा सुरु हुँदै आएको छ।

रथलाई दरबारमार्गको तीनधारा पाठशालाबाट तानेर असनमा पुर्याइएको छ। रथलाई सहरको भित्री भागमा तीन दिनसम्म घुमाउने गरिन्छ। सेतो मच्छिन्द्रनाथको रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छिन्द्रबहाल लगेर अन्त्य गर्ने चलन छ। यो यात्रा भएपछि वर्षा र सह हुने धार्मिक विश्वास रहेको छ।