रुसले ध्वस्त पारेको विश्वकै सबैभन्दा ठूलो विमान

 

किभ । युक्रेनको गोस्टोमेल एयरपोर्टमा चकनाचुर अर्धचन्द्राकार ह्याङ्गर मुनि, विश्वको सबैभन्दा ठूलो विमान भाँचिएको अवस्थामा छ ।

रुसले युक्रेनी राजधानी कीभमा आक्रमण गरेका बेला नै एन्टोनोभ एएन २२५ विमानमाथि पनि बमबारी गरेको युक्रेनी अधिकारीले जनाएका थिए ।

८८ मिटर लामा पखेटा भएको कार्गो लिफ्ट विमान सञ्चालनमा रहेका कुनै पनि विमानमध्येको सबैभन्दा ठूलो हो ।

युक्रेनी झण्डाको पहेँलो र नीलो किनारा भएको विशाल जहाजको अगाडि उभिएर आन्तरिक मन्त्री डेनिस मोनास्टिरस्कीले भने, हामी पृष्ठभूमिको रूपमा नष्ट भएको ुसपनासँग कुरा गर्दैछौं।

ड्रिम सपना युक्रेनी भाषामा मरिया नाम दिइएको यो ठूलो विमान रुसको खर्चमा पुनर्निर्माण गर्ने युक्रेनी अधिकारीहरूले भनेका थिए ।

८४ मिटर लामो, २ लाख ८५ हजार किलोको यो विमान ८ सय ५० किलोमिटर प्रतिघण्टाको रफ्तारमा उड्न सक्थ्यो । यो विमान सन् १९८० को दशकमा तत्कालीन सोभियत सङ्घ अन्तर्गत रहेको युक्रेनमा एयरोनटिक्स कम्पनी एन्टोनोभले डिजाइन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *