रुसी सेनाव्दारा मारिउपोल कब्जा
मारिउपोल । रुसले अबको केही घण्टाभित्र आत्मसमर्पण गर्ने मारिऊपोलमा तैनाथ युक्रेनी सैनिकहरूको जीवन सुनिश्चित गर्ने बताएको छ।
मस्कोले उसका फौजहरूले उक्त शहरका स्टील कारखानाहरू रहेको एउटा सानो क्षेत्रबाहेक लगभग सबै ठाउँबाट प्रतिरोध हटाएको जनाएको छ।
रुसको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त उद्योग क्षेत्रको अवस्था निक्कै खराब रहेको छ।
रुसी फौजहरूले मस्कोको समय अनुसार ६ बजे ९०३स्०० जीएमटी समय० बाट कैयौँ घण्टासम्म एजोभस्टाल स्टिल कारखाना रहेको क्षेत्रमा रहेका सबै सैनिकहरूलाई हतियार र गोलीगठ्ठा बिसाएको खण्डमा जान दिइने भनिएको हो।
त्यस्तो गर्ने सबैलाई युद्ध बन्दी सम्बन्धी जिनिभा महासन्धि अनुसार व्यवहार गरिने रुसी रक्षा मन्त्रालयले जनाएको छ।
यदि उनीहरूले त्यसलाई स्वीकार गरे भने रुसी फौजहरूले ६ बजे रातो झन्डा देखाउनेछन् र युक्रेनीहरूले स्टील कारखानाको क्षेत्रभर सेतो झन्डा देखाउनुपर्नेछ।
युक्रेनी अधिकारीहरूले उनीहरूले उक्त योजना स्वीकार गर्ने कुनै सङ्केत दिएका छैनन्।
शनिवार राष्ट्रपति जेलेन्स्कीले रुसले मारिऊपोलमा बाँकी सैनिकहरूको हत्या गरे शान्ति वार्ता भङ्ग हुने चेतावनी दिएका थिए।
मारिऊपोलका मेयरले कम्तीमा २० हजार गैर सैनिकहरू हप्तौँदेखिको निरन्तर हमलामा मारिएको जनाएको छ।