गोलीकाण्ड रोक्न हतियारमाथि प्रतिवन्ध लगाऔँ
अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडनले बन्दुकका कारण हुने हिंसा र हत्याकाण्ड रोक्नका लागि घातक खालका अस्त्रहरू र उच्च क्षमताका म्यागजिनहरूमाथि प्रतिबन्ध लगाउनुपर्ने बताएका छन्।
ह्वाइट हाउसबाट प्राइम टाइम अर्थात् सबैभन्दा धैरेले टेलिभिजन हेर्ने समयमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अमेरिकामा दैनिक धेरै स्थलहरू हत्या गर्ने क्षेत्र बनिरहेको बताए।
अमेरिकी कङ्ग्रेसले त्यस्ता हातहतियारलाई गैरकानुनी बनाउन नसके ती हतियार खरिद गर्ने उमेर १८ बाट २१ वर्ष पुर्याउनुपर्ने बाइडनको भनाइ छ।
देशमा भएका श्रृङ्खलाबद्ध गोलीकाण्डहरूपछि राष्ट्रपति बाइडनको उक्त भनाइ आएको हो।
ह्वाइट हाउसबाट बोल्दै उनले बन्दुक खरिदकर्ताहरूको पृष्ठभूमि जाँचलाई ख्याल गर्न आह्वान गरेका छन्।
त्यस्तै देशव्यापी रूपमा ुरेड फ्ल्याग लु को विस्तारमा पनि उनले जोड दिए।
त्यस्तो कानुनले कुनै पनि हतियारधारी व्यक्तिद्वारा अरुमाथि वा आफैँमाथि पनि खतरा भएको ठानिएमा त्यस्ता व्यक्तिसँगको हतियार उसबाट खोस्ने आदेश दिन अदालतहरूलाई अनुमति दिन्छ।
अमेरिकामा २१ जनालाई गोली हानी मार्नुअघि बन्दुकधारीले सामाजिक सञ्जालमा त्यसबारे ुलेखेका थिएु
ूयो कसैको बन्दुक खोस्नेबारे होइन,ू उनले भने।
ूयो कसैको अधिकार खोस्ने कुरा होइन, यो बालबालिकाको सुरक्षाको कुरा हो।ू
उनले खतरनाक र धेरै क्षमताका बन्दुकहरू सामान्य मानिसलाई आवश्यक नपर्नेतर्फ सङ्केत गरेका छन्।
बाइडनले भने, ूकिन ईश्वरको नाममा एक साधारण नागरिकले ३० राउन्ड म्यागजिनहरू भएको घातक हतियार किन्नुपर्छरु त्यसले सुटरहरूलाई केही मिनेटमा सयौँ गोली चलाउने सुविधा दिन्छ।ू
अमेरिकाका बफेलो, न्यूयोर्क, टेक्सस, ओक्लाहोमा लगायतका क्षेत्रमा हालैका दिनमा भएका गोलीकाण्डको पृष्ठभूमिमा बाइडनले उक्त आह्वान गरेका हुन्।