बिन्ध्यबासिनी हाइड्रोपावरको कतिमा भयो पहिलो कारोबार?

काठमाडाैं : बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण सेयर आज नेप्सेमा सूचिकृत भएको छ ।

कम्पनीको १ करोड कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम एक सय ११ रूपैयाँ ३४ पैसादेखि अधिकतम ३ सय ३४ रूपैयाँ २ पैसा ओपनिङ्ग रेञ्ज तोकेको छ ।

कम्पनीले जेठ २० गतेदेखि जेठ २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।