अमेरिका र दक्षिण कोरियासँगको तनावबीच किमद्वारा आणविक आक्रमणको चेतावनी

एजेन्सी : उत्तर कोरियाली नेता किम जोङ उनले संयुक्त राज्य अमेरिका र दक्षिण कोरियासँगको सम्भावित सैन्य द्वन्द्वमा आफ्नो आणविक हतियार प्रयोग गर्न तयार रहेको चेतावनी दिएका छन् ।

उनले कोरियाली प्रायद्वीपलाई युद्धको सँघारसम्म पु¥याइरहेका भन्दै दक्षिण कोरिया र अमेरिकाविरुद्ध आक्रामक अभिब्यक्ति दिएको उत्तर कोरियाको एक सञ्चारमाध्यममार्फत बिहीबार सार्वजनिक भएको हो ।

सन् १९५०/५३ को कोरियाली युद्धको अन्त्य भएको ६९ औं वर्षमा आएको किमको भनाइ महामारीसँग सम्बन्धित आर्थिक कठिनाइको बीचमा गरिब मुलुक उत्तर कोरियामा आन्तरिक एकता बढाउने उद्देश्य भएको अनुमान गरिएको छ ।

किमले आफ्ना विरोधी राष्ट्रहरूलाई आणविक हतियारको धम्की दिए पनि संयुक्त राज्य अमेरिका र यसका सहयोगी दलका उच्च सैन्य दलविरुद्ध ती हतियारहरू प्रयोग गर्ने सम्भावना निकै कम रहेको अन्तर्राष्ट्रिय पर्यवेक्षकले बताएका छन् ।

उत्तर कोरियाको आधिकारिक समाचार संस्था, कोरियाली सेन्ट्रल न्यूज एजेन्सीका अनुसार किमले बुधबारको सम्बोधनमा भने, ‘हाम्रो सशस्त्र फौज कुनै पनि संकटको प्रतिक्रिया दिन पूर्णतया तयार छ र हाम्रो देशको आणविक युद्ध रोकथाम पनि आफ्नो पूर्ण शक्तिलाई कर्तव्यपूर्वक आवश्यकता अनुसार जुटाउन तयार छ ।

मे महिनामा पदभार ग्रहण गरेदेखि नै यो सरकार संयुक्त राज्य अमेरिकासँग सियोलको सैन्य गठबन्धनलाई सुदृढ पार्न र पूर्व आक्रमण क्षमतासहित उत्तर कोरियाका आणविक खतराहरूलाई तटस्थ पार्ने आफ्नो क्षमता बढाउन अघि सरेको छ ।