काभ्रेस्थली घटनामा शव उठाउन अवरोध, घटनास्थलमा प्रहरी परिचालन
काठमाडौं : तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा एकै घरमा मृत भेटिएका ४ जनाको शव उठाउन ढिलाइ भएको छ ।
पोस्टमार्टमका लागि शव उठाउन खोज्दा माइती पक्षबाट अवरोध सिर्जना भएको प्रहरीले जनाएको छ ।
सोमबार बिहान तार्केश्वर नगरपालिका–२ पदमशालमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका हुन ।
गोरखा भिमसेनथापा गाउँपालिका–६ अश्राङ स्थायी घर भई अहिले पदमशालमा एक तले घर बनाएर बस्दै आएका दिनेश, सुनितासँगै उनीहरुको छोरा आशिक र आशिका मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानले दिनेशले पत्नी, छोरा र छोरीको हत्या गरेर आफूले आत्महत्या गरेको आशंका गरेका छन् ।
घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञको टोली घटनास्थल पुगी फरेन्सिक विज्ञले मृतकहरुमा धारिलो हतियार प्रहार भएको देखिएको पुष्टि गरेको छ भने अनुसन्धान भइरहेको छ ।