अलकायदाका प्रमुख जवाहिरी अमेरिकी ड्रोन हमलामा मारिए

एजेन्सी : अमेरिकाले गरेको ड्रोन हमलामा अलकायदाका नेता अयमान अल जवाहिरीको मृत्यु भएको छ ।

अफगानिस्तानको राजधानी काबुलमा सीआईएले गरेको प्रतिआतंकवाद कारबाहीमा नेता जवाहिरीको मृत्यु भएको राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।

अधिकारीहरूका अनुसार जवाहिरी सुरक्षित घरको बालकोनीमा रहेका बेला ड्रोनले उनीमाथि दुईवटा मिसाइल प्रहार गरेको थियो ।

परिवारका अन्य सदस्यहरू पनि त्यहाँ उपस्थित थिए । तर उनीहरूलाई कुनै हानी नभएको र जवाहिरीको मात्र मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

सन् २०११ मा ओसामा बिन लादेनको मृत्युपछि जवाहिरीले अलकायदाको जिम्मेवारी लिएका थिए ।