शेयर बजारमा तिब्र उतारचढाव, ३ अर्ब ७६ करोडको कारोबार

काठमाडौं : बिहीबार शेयर बजारमा तिब्र उतारचढाव देखिएको छ । नेप्से सूचक बिहीबार ३८.६१ अंकले घटेर २१४८.१६ अंकमा रोकिएको छ ।

विहानैदेखि बिक्री चाप देखिएको बजारमा नेप्से सूचक दिनभरीकै सबैभन्दा न्यून विन्दु नजिक पुगेर बन्द भएको छ ।

यस दिन ३ अर्ब ७६ करोड ८० लाख ७९ हजार १७३ रुपैयाँ बराबरको ८५ लाख ६९ हजार ५ कित्ता शेयर कारोबार भएको छ ।

बिहीबार कारोबारमा आएका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएको छ ।

उच्च अंकले घटेको बजारमा पनि बलेफि हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ९.९८ प्रतिशतले बढेको छ भने सामलिङ्ग पावरको ५.३९ प्रतिशत, रिभर फल्स पावरको ५.३५ प्रतिशत, विन्दवासिनि हाइड्रोपावरको ४.४८ प्रतिशत र घलेम्दी हाइड्रोपावरको ४.१५ प्रतिशतले बढेको छ ।

बिहीबार पनि शिवम् सिमेन्टको सबैभन्दा धेरै २५ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ