लागूऔषधसहित हेटौंडाबाट पाँचजना पक्राउ

मकवानपुर : जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिकाको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौंडा उपमहानगरपालिका – १६ हटियाबाट पाँच किलो चार सय ग्राम लागूऔषध खैरो हेरोइनसहित ३९ वर्षीय सुवास लामिछाने र हेटौंडा–७ बस्ने २८ वर्षीय विकेश गौतमलाई पक्राउ गरेको हो ।

त्यस्तै, हेटौंडा उपमहानगरपालिका–१२ नयाँ पुलस्थित भित्री बाटोबाट विभिन्न प्रकारको लागूऔषधसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा सोही वडामा बस्ने २७ वर्षीय रमेश विश्वकर्मा र २७ वर्षीय सजन विश्वकर्मा रहेका छन् । उनीहरुलाई अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

त्यसैगरी प्रहरीले हेटौंडा उपमहानगरपालिका–१९ गुम्बाचोकबाट पाँच किलो चार सय ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा–३ बसामाडी बस्ने ४२ वर्षीय लक्ष्मण बल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *