पारिवारिक विवादमा गोली चल्दा १० जनाको मृत्यु

एजेन्सी : पारिवारिक विवादमा गोली चल्दा मोन्टेनेग्रोको सेन्टिज सहरमा १० जनाको मृत्यु भएको छ ।

पारिवारिक विवादपछि एक व्यक्तिले गोली चलाउँदा १० जनाको मृत्यु भएको छ भने केही घाइते भएको बीबीसीले जनाएका छन् ।

बीबीसीका अनुसार पारिवारिक विवादका क्रममा एक ३४ वर्षीय बन्धुकधारीले एकै घरका तीन जनाको हत्या गरे । त्यसपछि उनले सोही हतियारको प्रयोग गरी स्थानीय सात जना व्यक्तिको हत्या गरेका छन् ।

हतियारसहित आक्रमणमा उत्रिएका ती व्यक्तिलाई एक सर्वसाधारणले गोली हानी हत्या गरेका छन् । त्यसपछि मात्रै आक्रमणको सिलसिला रोकिएको थियो ।

ती व्यक्तिले घटना घटाउनुको कारण भने नखुलेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।